०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाए नेपालका व्यापारीले चामलको भाउ बढाए

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।


खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन थालेको थियो। नेपाल सरकारको अनुरोधमा वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट दिँदै आएको भए पनि अहिले निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपाली उपभोक्ता पर्ने भएका छन्।

मुलुक चामलमा आत्मनिर्भर नभएकाले कूटनीतिक पहल गरी भारतबाट चामल आयातको प्रतिबन्ध खोल्नुपर्ने व्यापारीहरू बताउँछन्। ‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई मूल्य नियन्त्रण गर्दै सहुलियत दरमा दैनिक अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न माग गरेका छन्। दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको चामल, पिठो, नून, चिनी तथा खाद्य तेलको अभाव हुँदा समस्या पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष महर्जनले बताए।

खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारत लगायत अन्य मुलुकबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल मिनाहा गरी शून्य भन्सार दरमा आयात गरी अन्तर्राष्ट्रिय बजारमूल्यमा नै बिक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए। ‘चामल निकासीमा लगाइएको प्रतिबन्ध समेतलाई आधार बनाइ भारत लगायत तेश्रो देशबाट नेपालको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा बिक्री वितरण गनुपर्छ,’ उनले भने।

यो वर्ष धान रोपाइँ कम भएकाले आयात अझ बढ्ने अनुमान गरिएको छ। भारतबाट मात्र करिब २१ प्रतिशत चामल आयात हुन्छ। मुलुकको अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष धान रोपाइँ निकै न्यून भएको छ। समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!