०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

पोखरा महानगरपालिकामा रहेका ४७ जना स्वास्थ्यका कर्मचारीको काज फिर्ता

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

 

(ABC-Sanchar)

पोखरा । पोखरा महानगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेसँगै ती कर्मचारीहरू दरबन्दी भएकै ठाउँमा जानु पर्ने भएको हो ।

महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेसँगै काजमा रहेका कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता हुन लागेको महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । जसमध्ये ७ जना फाजिलमा रहेका कर्मचारीको महानगरमै मिलान गरिएको र बाँकी कर्मचारी दरबन्दी भएकै ठाउँमा जाने प्रवक्ता तिम्सिनाको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २५ गते कोरोना महामारी नरहेको र लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको भन्दै साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

सोही आधारमा महानगरपालिकाले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!