२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हनि ट्रयापमा पारेर पैसाको डिमाण्ड गर्ने नक्कली पत्रकार सहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । पिडितहरुलाई सामाजिक संजाल फेसबुकमा अनिता मगरको नामबाट Friend Request पठाई साथी बनाई म्यासेन्जरबाट कुराकानी गर्ने, त्यसपश्चात निज महिलाले पिडितहरुलाई बिभिन्न स्थान एवं होटल जानको लागि अनुरोध गर्ने, होटलबाट सामान्य वार्तालाप गरी बहाना बनाई बाहिर निस्की उक्त महिलाले हामी बिचको कुरा सबै मेरो दाजु भाउजुले थाहा पाउनु भैसक्यो, अव उहाँहरुले भने बमोजिम गर्नुस् भनी पिडितलाई भन्ने, त्यसपश्चात निज महिलाको समुहका अन्य ब्यक्तिहरुले पिडितहरुले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गरी धाक धम्की दिने, रकम माग गर्ने एवं ब्ल्याकमेलिङ गर्ने गरेको भनी यस कार्यालयमा पिडितहरु उपस्थित भई निवेदन दिए पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त क्रियाकलाप गर्ने निम्न ब्यक्तिहरुलाई मिति २०८०।०४।१७ गते पिडितसँग पैसाको बार्गेनिङ गरी ३(तीन) लाखको चेक लिएको अवस्थामा काठमाण्डौं बालकुमारीस्थित The Burger House and Crunchy Fried Chicken बाट कसूरमा प्रयोग भएका मोबाइल, सीमकार्ड, पिडितले दिएको चेक एवं अन्य दशीसहित पक्राउ गरी अपराधिक लाभ लिन नहुने कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको । पिडकहरुले अर्को एक जना पीडितबाट समेत मिति २०८०/०३/२८ गते रु.३,२५,०००।– रकम बुझिलिई सकेको ।
हाल सम्म २ जना पिडितहरुले आपराधिक लाभ (Extortion) मा यस कार्यालयमा जाहेरी दिएको ।
१. अनिता मगर भन्ने सिया मगर (Friend request पठाउने महिला)
उमेर: २४ बर्ष
ठेगाना:- जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ९ घर भई हाल काठमाण्डौँ
जिल्ला बानेश्वर बस्ने
बैवाहिक अवस्था:- अबिवाहित
भुमिका:- बिवाहित केटाहरुसँग सामाजिक संजालमा जोडिएर कुरा गरी रिलेशनमा बस्ने सम्मको कुरा गर्ने, त्यसपछी केटाहरु लगाएर पैसाको डिमाण्ड गर्ने ।
२. दिपक पराजुली (पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्ने )
पेशा:- गाडी चालक
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ४ मान्खा घर भई हाल काठमाण्डौँ जिल्ला का.म.न.पा. बानेश्वर बस्ने
बैवाहिक अवस्था:- अबिवाहित
भुमिका:- म गृह मन्त्रालयको प्रेस सल्लाहकार हुँ । पिडितको सम्पुर्ण बिवरण रेकर्ड राखी पैसाको डिमाण्ड गरी पत्रकार हुँ भनि तर्साउने ।
३. बिमल सुवेदी
उमेर:- २७ बर्ष
पेशा: राइड सेयरिङ
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा.वडा नं. ४ मान्खा घर भई हाल जिल्ला भक्तपुर दुवाकोट बस्ने
भुमिका:- म्याशेज तथा भेट गरी ब्ल्याकमेलिङ गर्ने ।
४. सरोज तिमल्सेना
उमेर: २४ बर्ष
पेशा: राइड सेयरिङ
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ घर भई हाल भक्तपुर जिल्ला सानोठिमी बस्ने ।
भुमिका:- भेट गर्न बोलाएका बखत बाहिर निग्रानी गरी डर त्रास देखाउने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!