२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ट्रकको क्याविनमा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित औषधि र लत्ताकपडा सहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

 

ABC (क्राईमबिट)

मकवानपुर । हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय ज्ञानेन्द्र कुमार सापकोटालाई १४ नं गण मकवानपुरले नियन्त्रणमा लिएको हो।

बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याद गुज्रीएको मल्टि भिटामिन ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

साथै ट्रकमा बिलविजक बिना ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको फेला परेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको ।

नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागिऔषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा,प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!