२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठान सडकमा सुख्खा पहिरो खस्ने क्रम जारी हटाउन सकस दुईतर्फी बाटो बन्द

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

(ABC-Sanchar)

प्युठान । बुधवार राती करिब १० बजे झरेको ठुलो पहिरो सफा गर्न नसक्दा बाटो अझै सुचारु भएको छैन ।
अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन् । गर्जेनी भीर क्षेत्रको सांघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ तर ठूलो छ ।
चार वटा मेसिनको प्रयोगबाट जोखिम मोलेर पहिरो हटाउने प्रयास भैरहेको छ तर सफल हुन सकेका छैनन् । पहिरोको केही भाग हटाए पनि फेरी माथिबाट ढुंगा माटो खस्दा समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय प्यूठानले आज पनि बिहानैदेखि बाटो खुलाउने काम जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए।
उनले भने,’पन्छ्याउने काम चलिरहेको छ,अहिलेसम्मकै ठूलो सुख्खा पहिरो हो। सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।
पहिरो हटाउन सडक विभागका कर्मचारी र प्रहरी खटेका छन् । तर ३६ घण्टा बितिसक्दा समेत पहिरो हटाउन सकिएको छैन् ।

बड्डाडा–चकचके सडक कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजिव श्रेष्ठले बताए। ‘सडक विस्तारको बेला ठूलो मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर भूभागलाई थप कमजोर बनाएर पहिरो झर्ने गरेको उनले दाबी गरे।
आकस्मिक मर्मत संभार अन्तर्गत पहिरो सफा गर्न बर्सेनि करिव ४० लाख रुपैयाँ विनियोजन गर्दै आएको सडक डिभिजनले जनाएको छ।
सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकोले पैदल मार्ग समेत नहुदा यात्रुलाई पैदल यात्रा गर्न समेत सकस भएको स्थानीयले गुनासो गरेका छन् ।
भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।
साथै टाढाको यात्रा गर्ने यात्रुहरुले वैकल्पिक बाटो (देविस्थानदेखि घोराही सम्मको ४८ किलोमिटर) हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!