२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बझाङको बुंगल नगरपालिकाका आइटी प्रमुख रमेश कार्कीले कुटे स्थानीयलाई

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०


(ABC-Sanchar)
बझाङ । आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ।

बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले सोही नगरपालिकाका स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए।

‘अस्ति १७ गतेको कार्यालयमा एक जना कर्मचारी नभेटेको भिडिओ बनाएर फेसबकुमा राखें, १८ गते हिजो आइटी सरले एक्कासि गालीगलौज गरेर ममाथि हातपात गरेको हो, बीच बजारमै मान्छेको अगाडि चरित्र हत्या गर्नेगरी कुटपिट गरेको हो,’ उनले भने।

उनले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताए।

हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमाणपत्र भनेर दैनिक टर्चर गर्ने, फेसबुकमा लेख्ने गरेको र यस्तो किन गर्छस् भनेर कि त मेरो शैक्षिक प्रमाणपत्र छानबिनका लागि पठाऊ, कि मेरो बेइज्जत नगरभन्दा विवाद भयो, हात हालाहाल भएको हो, घटना हुनुमा मुख्य कारण यही हो,’ कार्कीले भने।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताए।

‘उनीहरू दुवै पक्ष प्रहरी कहाँ आउँदैछन् भन्ने बुझिएको छ, घटनाबारे बुझ्छौं, आवश्यक परे कानूनी प्रक्रिया पनि अगाडि बढाउँछौं,’ भण्डारीले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!