०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बझाङको बुंगल नगरपालिकाका आइटी प्रमुख रमेश कार्कीले कुटे स्थानीयलाई

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०


(ABC-Sanchar)
बझाङ । आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ।

बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले सोही नगरपालिकाका स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए।

‘अस्ति १७ गतेको कार्यालयमा एक जना कर्मचारी नभेटेको भिडिओ बनाएर फेसबकुमा राखें, १८ गते हिजो आइटी सरले एक्कासि गालीगलौज गरेर ममाथि हातपात गरेको हो, बीच बजारमै मान्छेको अगाडि चरित्र हत्या गर्नेगरी कुटपिट गरेको हो,’ उनले भने।

उनले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताए।

हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमाणपत्र भनेर दैनिक टर्चर गर्ने, फेसबुकमा लेख्ने गरेको र यस्तो किन गर्छस् भनेर कि त मेरो शैक्षिक प्रमाणपत्र छानबिनका लागि पठाऊ, कि मेरो बेइज्जत नगरभन्दा विवाद भयो, हात हालाहाल भएको हो, घटना हुनुमा मुख्य कारण यही हो,’ कार्कीले भने।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताए।

‘उनीहरू दुवै पक्ष प्रहरी कहाँ आउँदैछन् भन्ने बुझिएको छ, घटनाबारे बुझ्छौं, आवश्यक परे कानूनी प्रक्रिया पनि अगाडि बढाउँछौं,’ भण्डारीले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!