०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

मन्त्री सुनिता यादवले अनियमितता गरेको आरोपमा अख्तियारद्वारा छानबिन सुरु

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०


(ABC-Sanchar)
जनकपुर । मधेस प्रदेशका तत्कालीन उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

गत आर्थिक वर्षमा मन्त्री यादव र अधिकृत लालबाबु यादवले शङ्कास्पद तारिकाले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी रकम अनियमितता गरेको आशङ्कामा आयोगले त्यस बारेमा छानबिन गरी १५ दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउन मन्त्रालयलाई साउन १४ गते पत्र पठाएको छ ।

गत आर्थिक वर्षको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २६३ वटा नयाँ योजनामा नियमविपरीत रकमान्तर गराएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो ।

मन्त्रालयमा अनियमितता भएको भन्दै उजुरी परेपछि असार १० गते सम्बन्धित मन्त्रालयबाट छानबिन प्रतिवेदन माग गरी त्यसमा यथाशीघ्र छानबिन गर्ने भनी अख्तियारले निर्णय गरेको पत्र मन्त्रालयलाई पठाएको छ ।

मधेस सरकारले मन्त्रालयको नाम र मन्त्रालय हेरफेर गरेपछि अहिले वन तथा वातावरण मन्त्रालय छुट्टै रहेको छ । अहिले वन तथा वातावरण मन्त्री लोसपाका रमेशप्रसाद कुर्मी रहेका छन् । सुनिता यादव भने अहिले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!