०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

मेयरकै कार्यकक्षमा पत्रकार धमालामाथि धरान२ का वडाध्यक्ष रमेश राईले दुर्व्यवहार

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०

(ABC-Sanchar)

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकै कार्यकक्षमा पत्रकार सञ्जिता धमालामाथि धरान–२ का वडाअध्यक्ष रमेश राईले दुर्व्यवहार गरेका छन् ।

बजार अनुगमनका क्रममा सरकारी अनुगमन टोलीसँगै पुगेकी पत्रकार धमलाले कर छली गर्ने, महंगोमा सामान बेच्ने लगायतका व्यवसायीहरुको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन । शुक्रबार सोहि बिषयलाई लिएर आक्रोशीत बनेका वडाअध्यक्ष राईले ‘युट्युबर’ भन्दै बसेको ठाउँबाट उठेर पत्रकार धमलामाथि झम्टिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा मेयर साम्पाङ पनि देखिन्छन् । साम्पाङले भने झगडा नगरि शान्त भएर बस्न आग्रह गरेको देखिन्छ ।

बिषेशगरि डा.तपनकुमार तरफदारको भिडियो खिचेर मानमर्दन गरेको भन्दै आफुमाथि नेकपा एमाले निकटका मान्छेहरुले नियोजित रुपमा आक्रमण गरिरहेको पत्रकार धमलाले बताइन । कर छली र कालोबजारीविरुद्ध आफुले शाहसका साथ लडिरहेको भए पनि महिला पत्रकार भएकै कारण आक्रमण भइरहेको धमलाको गुनासो छ ।

उता वडाअध्यक्ष राईले भने आधिकारिक व्यक्तिको सट्टा युट्युबरले कसैको मान मर्दन गरेर जिन्दगीमाथि खेलबाड गरिरदा धरान चुप लागेर नबस्ने बताए । उनले पत्रकारहरुले आफ्नो पेशागत मर्यादामा ध्यान दिनुपर्नेसमेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!