
(ABC-Sanchar)
सुर्खेत । सयुक्त यातायात व्यवसायी संघले सुर्खेतबाट काठमाडौंका लागि छुट्ने बसहरुमा अनलाइन टिकट शुरु गरेको हो ।
यात्रुहरुको अत्यधिक भीड बढ्न थालेपछि पारदर्शी रुपमा डिजिटल प्रविधिको प्रयोगबाट अनलाइन टिकम विक्री शुरु गरिएको सुर्खेत–काठमाडौं रुटका इन्जार्च रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार काठमाडौंका लागि छुट्ने बसहरुको सबै विवरण अनलाइनमा अपडेट गरिएको र यात्रुहरुलाई सबै विवरण खुलाइएको टिकट दिन थालिएको छ ।
सुर्खेत बसपार्कमा यात्रुहरुको सहजताका लागि हरेक दिन छुट्ने गाडीहरुको भाडादर र गाडीहरुको नम्बर देखिने डिसप्ले राखिएको छ । डिसप्लेमा सुर्खेतका प्रमुख पर्यटकीयस्थल र गाडीहरुको नम्बर सबैले थाहा पाउने गरि राखिएको ईन्जार्च खड्काले जानकारी दिए ।