ABC (क्राईमबिट)
सल्यान । आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका-१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकैँबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।