०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

क्यानडा पठाइ दिने भन्दै १० लाख रकम ठगी गर्ने एक महिला पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २२, २०८०

ABC (क्राईमबिट)
काठमाडौँ । उपत्यका अपराध अनुसान्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार निजले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ दिने तथा त्यसका लागि रु १० लाख लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइ दिने र मासिक रु एक लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु तीन लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मीन भवनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी निज जिरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!