०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

घोराही-लमही सडकखण्डमा पहिरो जाँदा अवरुद्ध सडक एकतर्फी संचालनमा

Logo
प्रकाशित सोमबार, साउन २२, २०८०


(ABC-Sanchar)
दाङ । घोराही लमही सकडखण्ड अन्र्तगत पर्ने कुलमोहर नजिकै सोमबार बिहान देखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

उक्त सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

”माथिदेखि खसेको पहिराले सडक अवरुद्ध भएको थियो । सोमबार विहान देखि पहिरो खसेको हो । दुई वटा जेसिबीले पहिरो पन्छाइरहेको छ ।

अहिलेसम्म पनि माथिबाट लेडो खालको माटो खसेकोले पहिरो पन्छाउने काम जारी रहेको छ । कुलमोहर नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको थियो । ठूलो वर्षा भएको हुँदा विहान खसेको पहिरोलाई पन्छाएर दुई तर्फी रुपमा सडक खुलाउने प्रयास जारी छ । पहिराले सडकमा क्षति पुर्याएको छ,” डिएसपी गौतमले भने ।

वर्षा भैरहेकोले अन्य स्थानमा पनि पहिरो जानसक्ने जोखिम रहेको भन्दै यात्रा गर्दा सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!