०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

लाइसेन्सको ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिने एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २२, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराबाट अर्काको नामको चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिंदै गरेका नक्कली परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्याीङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका-१ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका ६ का ३३ वर्षीय गगन शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक चेकजाँच गर्दा पाठकको नागरिकतामा शाहीले फोटो टाँसेर ट्रायल परीक्षा दिएको पाइएको थियो ।
शाहीमाथी लिखत सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अगाडी बढाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!