२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

ओलीको कारण ललिता निवास प्रकरणमा नेपालको नाम जोडिएको हो: चौधरीको आरोप

Logo
प्रकाशित मंगलबार, साउन २३, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले भ्रष्टाचार मुद्दामा दोषी पाईए जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याउन पर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले गलत काम गर्छ भने आफूले गरकोे कामको सजाय भोग्नुपर्ने बताएका हुन् । ‘कुनै पनि प्रसंग वा विषयमा कुनै व्यक्ति दोषी ठहर हुन्छ भने उसलाई कानुनी कठघरामा उभ्याउनु पर्छ । उसले आफूले गरेको कार्यको सजाय पाउनु पर्छ,’ उनले भने ।

ललिता निवास जग्गा प्रकरणमा माधव नेपालले कुनियत राखेर कुनै पनि काम नगरेको उनको दाबी छ । तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो कार्यकालमा मुख्य तीन वटा काम गरेको बताउँदै उनले ती तीनै वटा काम गलत मनसाय प्रेरित नभएको दाबी गरे ।

‘एउटा बालुवाटार जग्गाको गुरुयोजना बनेको थियो । त्यसलाई सपोर्ट गर्ने खाल्को निर्णय गर्नुभयो । दोस्रो बालुवाटार जग्गाको परिसर थियो, त्यसको विस्तार गर्ने कुरा । जुन कम्पाउन्ड थियो, कम्पाउन्डभन्दा बाहिर मोही जमिन थियो । मोही जमिनलाई समेत बालुवाटारको कम्पाउन्डभित्र ल्याउने काम गर्नुभयो ।’ उनले भने, ‘अर्को, त्यसबेलासम्म सभामुखको निवासको नाममा, राष्ट्र बैक, प्रधानमन्त्री निवासको नाममा जुन जुन निकायले उपभोग गरिरहेका छन् उसको नाममा गर्नु भनेर क्याविनेट डिसिजन भएको थियो ।’

उक्त प्रकरणमा माधव नेपालको नाम जोडिनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख भूमिका रहेको उनले आरोप लगाए । तत्कालीन नेकपा कायम रहेको बेला ओलीले नेता नेपाललाई ललिता निवाससँग जोडेर कसरी फसाउने भनेर प्रपञ्च गरेको उनको आरोप छ । यसबीचमा ओलीले धेरै पटक माधव नेपाललाई उक्त प्रकरणमा फसाउन तत्कालीन प्रधानन्यायधीश र तत्कालीन अख्तियार प्रमुखसँग छलफल गरेको उनले खुलासा गरे ।

उनीहरुले निर्दोष माधव नेपाललाई उक्त प्रकरणमा फसाउन नमानेपछि तत्कालीन अख्तियार प्रमुखले ओलीको आग्रहमा प्रतिवेदनमा ‘बद्नियत’ भन्ने शब्द राख्न लगाएको उनले बताए । आज त्यही शब्दलाई जोडेर माधव नेपाललाई बदनाम गर्ने काम भइरहेको उनको भनाई छ ।

अहिले ललिता निवास प्रकरणमा आरोपितहरु पक्राउ पर्न थालेपछि अरुलाई समात्ने, निर्णय गर्नेलाई नसमात्ने भन्ने एक खाल्को प्रेसर आएर सर्वोच्चले फैसला गरेको उनले बताए । उनले सर्वोच्चको फैसला आफूहरुले स्वागत गरेको बताए । आफूहरु उक्त प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन तयार रहेको उनले बताए ।

‘अरुलाई समात्ने अनि निर्णय गर्ने टिमलाई नसमात्ने ? जसको अध्यक्षतामा निर्णय भएको छ, उसलाई केही नगर्ने भन्ने कुरामा जनताको प्रेसर आएपछि सर्वोच्चले फैसला गरेको छ । यो विषयमा हामी स्वागत गर्न चाहन्छौं । छानविनको लागि सहयोग गर्छौं,’ उनले भने । माधव कुमार नेपालको ललिता निवास जग्गा प्रकरणमा बेठीक र कुनियत नरहेको उनले दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!