
ABC (क्राईमबिट)
रोल्पा । सुनछहरी गाउँपालिका वडा नं. ७ निसाना जंगलमा व्यक्तिको लिङ्ग, नामथर उमेर वतन खुल्न नसकेको मानव कंकाल (अस्थिपञ्जर)को हात, खप्पर र छातीको भाग फेला परेको, घटनास्थलको अनुसन्धान पश्चात मुचुल्का गरी उक्त अस्थिपञ्जरको भाग पोष्टमार्टमको लागी जिल्ला अस्पताल रेउघा रोल्पामा मिति २०८०।०४।२२ गते ल्याईएको,
अनुसन्धान कार्य जारी रहेको र हाल सम्म केहि पनि पहिचान हुन नसकेकोले घटनास्थलबाट प्राप्त कपडाहरुबाट सनाखत गर्नको लागि सहयोग पुर्याउन फोटो सहितको विवरण राखिएको छ । सम्बन्धित व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय रोल्पा वा मातहतका जुनसुकै प्रहरी ईकाईहरु तथा १००, ९८५७८५२८५५, ९८५७८२२८५५ नम्बरहरुमा सम्पर्क गर्न हुन अनुरोध ।