(ABC-Sanchar)
पर्सा । पर्सागढी नगरपालिका ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो ।
कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ ।
वकिल महमद र अली महमद अन्सारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा बुधबार बिहान मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको छ ।