०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

दाङ ट्राफिक प्रहरी दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक राडरगणसहित चेकजाँच

Logo
प्रकाशित बुधबार, साउन २४, २०८०


(सागर थापा)

दाङ । पुर्वपश्चिम राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि दाङ जिल्ला ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै (राडरगण) चेकजाँच गर्न थालेको छ ।

सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा दाङ ट्राफिक प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।

सुत्न नपाइ लामो समयसम्म गाडी
चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको
ट्राफिक प्रहरीको अध्ययनले बताउँछ । यिनै कारणलाई रोक्न दाङ जिल्ला ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै राडरगण चेकजाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताउनु भयो ।

ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लसहित पूर्वपश्चिम राजमार्गमा पर्ने तिव्र गतिका कारणले हुन सक्ने संभावित सवारी दुर्घटनालाई न्युनिकरण गर्न देउखुरी मसुरियादेखी अमिलियासम्म पुर्ब पश्चिम राजमार्ग अन्तर्गतका ३ स्थानहरूमा (राडरगन) को प्रयोग गरी बिभिन्न सवारी साधनहरूको गति चेकजाँच गर्दा १५ वटा सवारी साधनका चालकहरूलाई कारवाही गर्नुका साथै २५ वटा बिभिन्न सवारी साधनका चालकहरूलाई सम्झाई बुझाई
तिव्र गति जिवन क्षति” तिव्र गतिमा सवारी साधनहरू नचलाउनु हुन सम्पूर्ण चालकहरूलाई दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले अनुरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!