०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कैलालीको गोदावरी नदीमा रहेको पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध

Logo
प्रकाशित बिहिबार, साउन २५, २०८०


(ABC-Sanchar)
कैलाली । बाढीले जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

गत मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो । पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो । सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!