२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

IGP कुवँरद्वारा राष्ट्रिय प्रहरी प्रतिष्‍ठान एवं प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षण

Logo
प्रकाशित शुक्रबार, साउन २६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुवँरले बिभिन्न शाखा, उप-शाखा, भौतिक संरचना, मेस, व्यारेकको स्थलगत निरीक्षण तथा प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरुद्वारा प्रस्तुत गरिएको कवाजको अवलोकन गर्नुको साथै प्रतिष्‍ठान परिसरमा वृक्षारोपण गरी प्रहरी प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा कृयाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्‍यक निर्देशन सम्बोधन गर्नु भएको थियो ।

सथै राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईबाट शप्रहरी महानिरीक्षकलाई स्वागत गर्नुका साथै निरीक्षण भ्रमण सम्पन्न पश्‍चात “कृतज्ञताको चिनो” प्रदान गरी धन्यवाद ज्ञापन सहित विदाई समेत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]