०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

भारतमा सडक दुर्घटना १० जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, साउन २७, २०८०

(ABC-Sanchar)
काठमाडौं । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

राज्यको अहमदाबाद जिल्लाको बाभला(बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!