०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

अदालतले जयाप्रदालाई ६ महिनाको जेल सजाय ५ हजार रुपैयाँ जरिवाना

Logo
प्रकाशित शनिबार, साउन २७, २०८०

(ABC-Sanchar)

काठमाडौं । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ ।

यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।

एक रिपोर्टका अनुसार जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए। थिएटरले आफ्ना कर्मचारीहरूलाई ईएसआई (कर्मचारी राज्य बीमा निगम) दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए।

यद्यपि जयाप्रदाले मुद्दा खारेज गर्न अदालतमा अपील गर्दै आफ्ना कर्मचारीहरूलाई पूरा रकम दिने वाचा गरेकी थिइन् । तर श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपीलमा आपत्ति जनाएका थिए ।

यो मुद्दामा जयप्रदा र यस थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । सबैलाई ५ हजार जरिवाना समेत तिर्न भनिएको छ । तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन् ।

जया ७० र ८० को दशकमा बलिउड र तेलुगु सिनेमाको प्रतिष्ठित स्टार थिइन्। इन्डस्ट्रीमा उनलाई श्रीदेवीजस्ता महिला सुपरस्टारसँग तुलना गरिन्थ्यो । दुवै एक अर्काका प्रतिस्पर्धी थिए ।

बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आज का अर्जुन र थानेदार जस्ता धेरै हिट फिल्म दिएकी थिइन् । उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन् ।

जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छिन् । उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन् । यसपछि उनले २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!