०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सुन तस्करीमा संलग्न प्रमाणित भए महरालाई कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

Logo
प्रकाशित शनिबार, भाद्र १६, २०८०

(ABC-Sanchar)
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।

माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शङ्का गरेको पाइएको भन्दै उनले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे ।

‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’

उनले शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार गर्दै अब अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा गोलबन्द हुँदै पार्टीलाई रूपान्तरण गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!