०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण सकेर काठमाडौँ फर्किए

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
भैरहवा । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण गरेर काठमाडौँ फर्किएका छन् ।

बिहान अन्नपूर्ण आधारशिविर पुगेका उनी उतैबाट दिउँसो बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए।

सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रूपमा लुम्बिनीमा वृक्षारोपण पनि गरेका छन्। लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै उनी सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा पुगेका छन्। तिमिल्सेनासँगको भेटपछि उनी सिधै संघीय संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम छ ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आज दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]