०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

प्रमुख राजनीतिक दलहरुको चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । प्रमुख राजनीतिक दलले दसैंलगत्तै आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदानले नेपाली राजनीतिको एउटा यस्तो संस्कार झल्काउँछ, जुन दक्षिण एसियाका राजनीतिक दलहरूमा विरलै पाइन्छ।

त्यो संस्कार हो — आपसी भाइचारा, सद्भाव र सौहार्दताको।

पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग राजनीतिक कुराकानी गर्ने रणनीतिक अवसरका रूपमा चियापान संस्कृतिको थालनी गरेका थिए। यसलाई नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन निरन्तरता दिँदै आएको छ भने अर्को प्रमुख दल नेकपा एमालेले मनमोहन अधिकारीका पालामा २०४८ सालबाट यस्तै कार्यक्रम गर्दै आएको छ।

२०४७ मा तत्कालीन नेकपा मार्क्सवादी र नेकपा मालेबीच एकता भएर नेकपा एमाले बनेको थियो। मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव थिए। त्यसै बेलादेखि एमालेले दसैं, तिहार, छठ र नेपाल सम्बतको अवसर पारेर शुभकामना आदानप्रदानसहित चियापान सुरू गरेको एमाले नेता अमृत बोहरा बताउँछन्।

यही परम्परालाई निरन्तरता दिँदै एमालेले बुधबार पाटनको च्यासलस्थित केन्द्रीय कार्यालयमा यस वर्षको चियापान आयोजना गर्‍यो, जसमा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता चियापानमा पुगेका थिए। यही स्टोरीको आवरण तस्बिरमा नेपालका सबै प्रमुख दलका मुख्य नेता र पूर्वप्रधानमन्त्रीहरू सँगै बसेर प्रसन्न मुद्रामा कुराकानी गरिरहेका देखिन्छन्।

माधव नेपालले एमाले छाडेपछि उनलाई पहिलोचोटि पार्टीको यस्तो औपचारिक समारोहमा निम्ता गरिएको थियो। उनी रौतहट गएकाले सरिक भएनन्। त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकामा भएकाले उक्त समारोहमा उपस्थित थिएनन्।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपस्थित सबैलाई धन्यवाद दिए र भने, ‘म चियापानमा उत्साहजनक सहभागिताका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। तर थप राजनीतिक विषयमा कुरा गर्न चाहन्न। यो राजनीतिक कुरा गर्ने ठाउँ होइन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]