०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

दाङको अधुरो फोरलेन सडक चाडै बनाउछौ : संचार मन्त्री रेखा शर्मा

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
दाङ । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

दाङको घाेराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसङ्गको भेटघाटमा उहाँले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबिच सहकार्य हुने धारणा राख्नुभयाे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे नेपाल भ्रमणकाे समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सरकारले सत्य निरुपण तथा मेल मिलाप आयाेग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भईरहेकाे बताउदै शान्ति प्रकृयाकाे कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेकाे उहाँले उल्लेख गर्नुभयाे । अन्तर्राष्ट्रिय समुदायले नेपालकाे शान्ति प्रकृयाका बाकी कामलाई नजिकबाट हेरिरहेकाे धारणा राख्दै मन्त्री शर्माले याे बिषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जाेड दिनुभयाे ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले सरकारले पहिलाेपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिकाे सच्चा समान्न भएको धारणा राख्नुभयाे । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुकाे नाम थप्ने बिषयमा सरकारले काम गरिरहेकाे जानकारी दिदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीइलाई न्याय दिने बताउनुभयो ।

भेटमा सहिद परिवारले गाउँको बाटाे घाटाे र खानेपानीकाे समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै मन्त्री शर्माले फोरलेन सडक जति सक्यो चाडै बन्ने दाबी गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]