०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

कोशीमा दुई मन्त्री थपिए

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

( एबिसि संचार )                                              कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थपिका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । जबेगु यसअघि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।यसबीच एमाले सरकारबाट बाहिरिने भएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए । आफूहरुलाई कुनै जानकारी नदिइ माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याइएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको बताए । उनले भने, ‘केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा हामी हिजो पनि थिएनौं, आज पनि छैनौं र भोलि पनि हुँदैनौं । यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]