०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

हत्या गर्ने ६ वर्षपछि पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष ०५, २०८०

(एबिसि संचार )                                                              काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् ।मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारी भने यसअघि नै अन्य मुद्दामा जेलमा रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई बिहीबार सार्वजनिक गरेको हो ।विश्वकर्माले शिवरामसँग मिलेर २०७४ साल पुस ३० गते काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित भुवनेश्वर मन्दिर पछाडि रहेको दह डाँडामा अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेका थिए । कार्यालयका अनुसार मृतक अप्सरा र शिवरामको पूर्वचिनजान रहेको थियो । शिवरामले भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै १५–२० हजार रुपैयाँ र गरगहना लगाई राम्री भएर आउनुभन्दै फोन गरेर बोलाएका थिए ।माछापोखरी एरियामा तीन जनाको भेट भएपछि २–३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी उनीहरु बल्खु झरी ललितपुरको कुसुन्तीमा साँझको खाना खाई बल्खु क्षेत्रमा बसेका थिए ।

अप्सरासँग २ घण्टाजति सँगै सुतेपछि शिवरामले जगत विकलाई मान्छे हेर भनी माथि डाँडामा राखेका थिए । त्यसपछि शिवरामले आएर ढुङ्गाले अप्सराको टाउकोमा हानेका थिए । जगतले पनि अप्सरालाई दुईपटक जति ढुङ्गाले हानेको प्रहरीको भनाई छ ।

हत्यापछि अप्सराले लगाएको सुनका मुन्द्री र खल्तीमा भएको नगद ६–७ सय रुपैयाँ निकाली उनीहरू गाडी चढेर गोङ्गबुको नयाँ बासपार्कको कोपिला गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट उनीहरू फरार रहेका थिए ।

प्रहरीले फरार रहेका जगत नेपाल आउँदै गरेको गोप्य सूचना पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति ९ बजे पक्राउ गर्न सफल भएको थियो । शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो ।

यस विषयमा पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!