०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा गेस्ट हाउसका म्यानेजर पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष ०६, २०८०

(एबिसि संचार )

बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ।

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो।

तामाङ म्यानेजर रहेको उक्त होटलबाट चार जना बालिकालाई पनि उद्धार गरिएको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए।

उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्। उनीहरूलाई होटलमा वेटरको काम लगाइदिन्छु भन्दै  ललाइ फकाइ ल्याएर  यौनकार्यमा लगाएको पाइएको एसपी पगेनीले बताए।

‘चार बालिकाहरूलाई लाइनमा राखेर ग्राहकलाई रोज्न लगाइँदो रहेछ,’ एसपी पगेनीले भने, ‘अर्कै गेस्ट हाउसबाट बोलाए पनि पठाइदिने गर्दा रहेछन्।’

यसरी ५/६ महिनादेखि नै ती बालिकाहरूलाई यौनजन्य काममा लगाएको पाइएको एसपी पगेनीले जानकारी दिए। उनीहरूलाई त्यस्तै कामका लागि अन्य गेस्ट हाउसमा जानबाहेक त्यहाँबाट बाहिर जान नदिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।अत्यन्त अमानवीय र जघन्य अपराध भएकाले यसबारे ब्युरोले गम्भीरतापूर्वक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने एसपी पगेनीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!