०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

मेनपावर व्यवसायी कुटिए

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष ०६, २०८०

(एबिसि संचार )

वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।केपी इन्टरनेसनल ओभरसिजका संचालक निर्मल राय अमात्यमाथि कुटपिट भएको हो । यो विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी विभागको कार्यकक्षमा उपस्थित भई उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलौज गरेका हुन् ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेहरूले गालीगलौज, कुटपिट र हातपात गरेका हुन् ।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ । गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले ती महिलालाई मेनपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको बताए । तर, विभागमा छलफल भइरहेकै बेला मान्छेहरू बोलाएर कुटपिट गरिएको बताए ।

(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!