०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

भारतको केरलामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष ०६, २०८०

भारतको केरलामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ९७ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड–१९ सङ्क्रमित रहेका थिए । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार दुई हजार तीन सय ११ बाट बढेर दुई हजार छ सय ६९ पुगेको थियो । यसैबिच कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताका बिच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का पूर्वप्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले यो चासोको नभई चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएकी छन् । उनले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताइन् । “हामीले सावधानी अपनाउन आवश्यक छ, तर यो भेरिएन्ट जेएन.१ गम्भीर छ वा मृत्युको कारक बन्न सक्छ भन्नेबारेमा सुझाव दिनका लागि कुनै तथ्याङ्क नभएकाले चिन्ता गर्न आवश्यक छैन”, उनले भनिन्, “हामीले यसअघिको जस्तै सामान्य रोकथामका उपाय अपनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लागेको छ, हामी ओमिक्रोनसँग परिचित थियौँ, यो एउटै परिवारको भेरिएन्ट हो, त्यसैले धेरै परिवर्तन भएको छैन तर केही नयाँ परिवर्तन आएको छ । यसमाथि डब्लुएचओले ध्यान दिन आवश्यक छ ।”डब्लुएचओले हालै जेएन.१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए.२.८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन.१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ ।-(रासस/एएनआई)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!