०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरणका लागि स्कुलहरुमा सचेतना कार्यक्रम गर्दै

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष ०६, २०८०

   (महेन्द्र सिंह)
नेपालगन्ज पुस ०६ जिल्ला ट्राफिक प्रहरी कोहलपुरले कोहलपुरका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार कोहलपुरको स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी क्लास दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुबेदि लगायत ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षकले स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियम,जरिवाना एबम जेब्रा क्रसीङ कसरी गर्ने बारेमा जानकारी दिएका थिए। स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका प्रीन्सिपल र अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो भने ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
त्यस्तै ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको कोहलपुर ट्राफिक प्रमुख सुबेदिले बताए। ट्राफिक प्रहरीले कोहलपुरको चोकमा पैदल यात्रुहरुलाई जेब्रा क्रसीङबाट बाटो कसरी पार गर्ने बारेमा समेत जानकारी गराएको कोहलपुर ट्राफिक प्रमुख सुबेदिले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!