(एबिसि संचार ) पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्ली रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ।शनिबार दिउँसो खरले छाएको घरमा आगलागी हुँदा श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । मृतक शिशुसहित घरमा दुई छोराहरू रहेका थिए । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको छन । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।