०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

प्राविधिकतर्फ ३ डीआईजीको पद थप्न प्रस्ताव

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष ०९, २०८०

(एबिसि संचार )                                                              नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको छ । नेपाल प्रहरी केनाइन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ ।तर, अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा मात्र डीआईजी पद थप्न गृह मन्त्रालयलाई सहमति दिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थमा पठाएको थियो । अर्थ मन्त्रालयबाट प्राविधिक तर्फ दुई वटा डीआईजीको पद थप्न सहमति आएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले  बताए । उनले भने, ‘अर्थबाट सहमति प्राप्त भएको छ तर, केही विषयमा छलफल गर्नुपर्ने भएको कार्यान्वयनमा गएको अवस्था छैन ।’आईजीपी बसन्त कुँवरले व्यक्तिलाई फाइदा पुग्ने गरी डीआईजीको पद थप्ने प्रस्ताव गरेको आरोप छ । साइबर अन्तर्गत डीआईजी बढुवा गर्दा नबिन्द अर्यालले अवसर पाउँछन् । साइबर ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका प्रतिस्पर्धी नै नभएको हुनाले उनलाई नै डीआईजीमा बढुवा गर्न पद थपको प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले  बताए । अर्याललाई बढुवा गरेर सिआईबीमा राख्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।नेपाल प्रहरी केनाईन महाशाखामा डा. देउती गुरुङलाई डीआईजी बनाउन पद थप्न लागिएको हो । महाशाखा प्रमुख एसएसपी डा. देउतीसँग प्रतिस्पर्धा गर्न सो महाशाखमा अन्य प्रतिस्पर्धी छैनन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!