०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष ११, २०८०

(एबिसि संचार )

पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।
भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए ।सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ’, उनले भने, ‘सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको हो ।’सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताए ।वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको छ ।पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!