(एबिसि संचार )
मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्।
सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका परेका हुन्।
विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।
मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डिएसपी) रन्जन कुमार दाहालका अनुसार ‘अवैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न जिल्ला प्रहरीले चलाएको अपरेसनमाबाट उनलाई पक्राउ गरिएको हो।