(एबिसि संचार ) ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।