(एबिसि संचार ) घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए ।कुटपिटपछि उनी भोलिपल्ट घर छाडेर हिँडेका थिए ।
सोही साँझ ५ः३० बजे कृष्णमाया आफ्नै घरको ढोका अगाडि मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको आँखामुनि नीलडाम रहेको पाइएको छ ।