३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

कोइलाखानीको सुरूङमा मृत फेला

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष १४, २०८०

(एबिसि संचार )

दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुष मृत फेला परेका छन्।

घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी शुक्रबार बंगलाचुली गाउँपालिका– ४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

एसपी केसीले अनुसार मृतकको छाती लगायत शरीरका अन्य भागमा घाउ खतहरु देखिएकाले उनको हत्या गरी सुरुङ भित्र शव लुकाइएको हुनसक्ने बताए।

अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केसी सम्पर्कविहीन भएपछि परिवार र आफन्तले उजुरी दिएपछि उनको खोजी सुरु भएको थियो ।

केसीको मोवाइलको लोकेसनका आधारमा बंगलाचुली क्षेत्र पुगेको प्रहरीले सुरूङभित्र उनको शव भेटेको हो।कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र शव फेला परेको एसपी केसीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!