३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

राप्ती सामुदायिक वनको मतगणनास्थलमा निर्वाचन समितीको दादागिरी, पत्रकारलाई रिपोर्टिङ गर्न प्रतिबन्ध

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १५, २०८०

         ( बिदुर एमसि )                                                           राप्ती सामुदायिक वनको मतगणनास्थलमा निर्वाचन समितीको दादागिरी, पत्रकारलाई रिपोर्टिङ गर्न प्रतिबन्ध, पत्रकारहरूद्वारा मतगणनाको रिपोर्टिङ बहिष्कार, मतगणनामा धाधली हुन सक्ने संकेत, मतगणना प्रति उपभोक्ताहरुको चरम असन्तुष्टि
भालुवाङ १४ पुस । दाङ—देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको राप्ती सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निर्बाचन समितीले दादागिरी देखाएको छ । मतदान पछि लगत्तै शुरु भएको मतगणनाको रिपोटिङ्ग गर्न पुगेका पत्रकारहरुलाई रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाएर निर्वाचन समितीले दादागिरी देखाएको हो ।
निर्वाचन तालिका अनुसार शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म नेपाल राष्ट्रिय मावि भालुवाङको प्राग्रणमा मतदानको समय निधारण गरिएको थियो । मतदानको भने निर्वाचन समितीले सहजरूपमा रिपोर्टिङ गर्न दिएको थियो भने मतगणनाको रिपोटिङमा प्रतिबन्ध लगाएको छ ।
मतगणना राप्ती गाउँपालिका वार्ड नम्बर १ को वडा कार्यालयमा अहिले पनि जारी छ । मतगणनाको रिपोटिङ्गका लागि टिभी टुडे तथा बुद्ध आवाज टेलिभिजनका जिल्ला समाचार प्रमुख सन्तोषकुमार गुप्ता सहित देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, एबिसी सञ्चार डटकमका समाचार प्रमुख बिदुर एमसी र जनखोजी डटकमका समाचार प्रमुख सन्तोष थापा लगायतका पत्रकारहरुलाई रिपोटिङ गर्न प्रतिबन्ध लगाएको थियो । मतगणनाको रिपोटिङ्गका लागि मतगणनास्थल पुगेका पत्रकार रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाएको भन्दै मतगणना रिपोटिङ्गको बहिष्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका थिए ।
मतगणनाको रिपोटिङ गर्न पुगेका पत्रकारहरुले निर्वाचन समितीले मतगणनाको समान्य फोटो र भिडियो खिच्न समेत प्रतिबन्ध लगाएको छ । निर्वाचन समितीले मतगणनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरी पत्रकारहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि मतगणना रिपोटिङ्गको बहिष्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका हुन् ।
निर्वाचन समितीले मतगणनास्थलको रिपोटिङ्गको गर्न प्रतिबन्ध लगाइरहँदा निर्वाचन समितीको सदस्य समेत रहनु भएका सञ्चारकर्मी इराधा झाँक्रीमगर र समूहको अध्यक्ष पदका उम्मेदार पत्रकार महेश रिजाल मुखदर्शक भएर बस्नु भयो । अन्य संघसंस्थाको निर्वाचनमा पत्रकारलाई सहज रुपमा रिपोटिङ्ग गर्न पाउनुपर्ने भन्दै चर्को स्वरमा आवाज उठाउने पत्रकार रिजाल र झाँक्रीले सिँङ्गो नेपाली पत्रकारिता र लोकतन्त्रको खिल्ली उडाएको प्रष्ट देखिएको छ ।
गेट बाहिर एक घण्टा सम्म चार जना पत्रकारहरु कुरि रहँदा निर्वाचन समितीकी सदस्य समेत रहनु भएका पत्रकार झाँक्री र अध्यक्ष पदका उम्मेदवार भालुवाङका एक मात्र आफू अब्बल पत्रकारका रुपीमा दाबी गर्ने रिजालको मुखदर्शकले नेपाली पत्रकारिता र सिँङ्गो लोकतन्त्र माथि ठुलो प्रहारका रुपमा लिएको भालुवाङका सामाजिक अगुवाहरुले बताएका छन् ।
जब की संघीय, प्रदेश तथा प्रतिनिधिसभा, प्रदेशसभा सदस्य एवम् स्थानीयतहको निर्वाचनमा समेत पत्रकारहरुलाई निर्वाध रुपमा रिपोटिङ्ग गर्न दिइन्छ । तर एउटा वन समूहको निर्वाचनमा पत्रकारहरुलाई रिपोटिङ्ग गर्न प्रतिबन्ध लगाउनु लोकतन्त्र माथिको प्रहारका रुपमा भएको सामाजिक अगुवाहरुको भनाई छ ।
मतगणनाको रिपोटिङ्गमा प्रतिबन्ध लगाएर निर्वाचन समितीले एक पटक फेरि निकुंश शासनको अनुभूति दिलाएको रिपोटिङ्गमा पुगेका पत्रकारहरुले आरोप लगाएका छन् । लोकतान्त्रिक संविधानबाट निर्वाचित भएर आएका निर्वाचन समितीको संयोजक समेत रहनु भएका वार्ड नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काले मतगणनाको रिपोटिङ्गमा पत्रकारहरुलाई प्रतिबन्ध लगाएर लोकतन्त्र माथि धावा बोलेको प्रष्ट देखिन्छ ।
त्यति मात्र होइन वडा अध्यक्ष खड्काले घुमुरो पारामा लोकतन्त्रलाई नै अस्वीकार गरेको समेत प्रष्ट देखाएको छ । त्यसैगरी निर्वाचन समितीको अन्य सदस्यमा रहनु भएका नेपाल राष्ट्रिय माविका प्रधानध्यापक लोकन्द्र केसी र रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठले पत्रकारहरुलाई रिपोटिङ्गमा प्रतिबन्ध लगाउनमा सहयोग पुर्‍याएको प्रष्ट देखिन्छ । जसले गर्दा सिँगो निर्वाचन समिती नै लोकतान्त्रि विधि माथि नै एक पटक प्रश्न चिन्ह उठाएर शासन माथि नै धावा बोलेको प्रष्ट हुन्छ ।
यता मतगणनास्थलमा पत्रकारहरुलाई प्रबेश नदिएकोमा त्यहाँका उपभोक्ताहरुले दुख व्यक्त गरेका छन् । निर्वाचनको सबै प्रकृयामा सहभागी गराएर अन्तिममा मतगणनास्थलमा प्रबेश नदिनु दुखद बिषय भएको एक मतदाताले आफ्नो नाम नखुलाउने सर्तमा देउखुरी टुडेलाई भन्नुभयो । उहाँले पत्रकारहरुलाई पबेश नगराएर मत गणनामा धाधली गर्न खोजेको समेत आरोप लगाउनुभयो ।
उहाँले लोकतन्त्रमा हरेक नागरिकले पल—पलको सुचना पाउने अधिकार हो । तर यहाँ लोकतन्त्रलाई नै धावा बोल्ने काम भयो । पत्रकारलाई गेट बाहिर रोकेर कस्तो निष्पक्ष र स्वच्छ निर्वाचन गराउन खोजेको हो ? निर्वाचन समितीलाई उहाँले प्रश्न गर्नुभयो ।
यस्तै उक्त समूहका उपभोक्ता तथा मतदाताहरुले समेत निर्वाचन समितीको कार्य प्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन समितीले मतपत्र तयार पार्ने देखि मतगणना सम्म सक्षम र योग्य उम्मेदवार हराउने र मतदान देखि मतगणना सम्म धाधली गर्ने व्यवहार देखाएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!