३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

इलाका प्रहरी कार्यालय सिमरा प्रहरीद्वारा ५ महिनामा २४ करोड ५४ लाख बराबरको अवैध सामान बरामद

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १५, २०८०

(एबिसि संचार )                                                                  इलाका प्रहरी कार्यालय सिमरा मातहतबाट खटिएको प्रहरीले गत शुक्रबार पथलैयाबाट ९ लाख ३० हजार मूल्य बराबरको प्याजसहित ट्रक नियन्त्रणमा लियो । भन्सार छलेर राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख २६२५ नम्बर ट्रकसहित १७ हजार ७३० किलो अवैध प्याज पथलैयाबाट प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको छ ।यसअघि पुस ३ गते र पुस ५ गते पनि जीतपुरबाट खटिएको प्रहरी टोलीले २ क्विन्टल प्याज नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको थियो ।यी केही प्रतिनिधिमुलक घटनामात्र हुन् । इलाका प्रहरी कार्यालय सिमरा र मातहतबाट खटिएको प्रहरीले दैनिकजसो पूर्वपश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा भन्सार छली गरेर अवैध रुपमा ल्याएको प्याज, चिनी, लत्ता कपडा, किराना सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई बुझाउने गरेको छ ।चालु आर्थिक वर्षको ५ महिनामा इप्रका सिमरा र मातहतको प्रहरीले करिब १ करोड ५० लाख मूल्य बराबरको अवैध प्याजमात्रै नियन्त्रणमा लिएको छ । वीरगञ्ज भन्सार नाका हुँदै भित्रिने अवैध सामानको चेकजाँचमा प्रहरीले कडाइ गरेको इप्रका सिमराले जनाएको छ  ।साउन यता पथलैया चौकीले १० करोड ७२ लाख ६६ हजार, इप्रका  अम्लेखगञ्जले ९ करोड २४ लाख ८४ हजार र इप्रका जीतपुरले ४ करोड ५० हजार मूल्य बराबरको सामान बरामद गरेको इप्रका सिमराले जनाएको छ । सिमराबाट खटिएको प्रहरीले पिलुवा–कलैया सडक खण्डको बडहर्वा, डकाहा, सिमरा र बझानीबाट ४९ लाख २५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

इप्रका सिमरा अन्तर्गत अम्लेखगञ्ज, जीतपुर र पथलैया चौकी मुख्य पोष्ट हुन् । सिमरासहित यी ३ वटा पोष्टबाट मात्रै प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २४ करोड ५४ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।

जसमा लागुऔषध (खैरो हिरोइन, अफिम, एम्पुल, नोफिम लगायत), गाँजा, प्याज, चिनी, मोटरसाइकल, ट्रकको पार्टस्, खजुर, किसमिस, छोकडा, रेडिमेट कपडा, किराना खाद्य साम्रगी, मोबाइल पार्टपुर्जा, भैंसी, रजनीगन्धा लगायत छन् भने नदीजन्य पदार्थको चोरी तस्करीमा संग्लन टंयाक्टर, टिपरहरुलाई पनि नियत्रणमा लिएबापत ३ लाख १० हजार राजस्व संकलन भएको छ ।

खोलाजन्य पदार्थको उत्खनन् बन्द रहेको अवस्थामा बालुवा, ढुङ्गा, गिटी चोरी गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर प्रहरीले जीतपुर सिमरा उपमहानगरमा बुझाउने गरेको छ । उपमहानगर ट्याक्टरको हकमा ५ हजार र टिपरलाई १० हजार राजस्व लिएर छोड्ने गरेको छ ।

इप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले वीरगञ्जबाट अवैध सामान बोकेर नेपाल भित्रिएमा मालवाहक गाडी बारा–पर्सा औद्योगिक करिडोर हुँदै देशभरका ठुला सहरहरुमा पुग्ने भएकाले राजमार्गमा २४ सै घण्टा चेकजाँचमा कडाइ गरिएको बताए । पूर्वपश्चिम राजमार्ग गुड्ने मालवाहक सवारी साधनको हकमा अम्लेखगञ्ज, पथलैया, पिलुवा, तामागढी क्षेत्रसम्म सिमरा प्रहरीले चेकजाँच गर्दछ ।

अधिकांश सूचना हाम्रै स्रोतबाट थाहा हुन्छ भने केही सूचना बाहिरबाट आउँछ तर कुनै सूचना नआए पनि हाम्रो पुलिसले २४ सै घण्टा राजमार्गमा गुड्ने हरेक सवारी साधनमाथि कडा निगरानी राखेको हुन्छ,’ इप्रका सिमराका प्रमुख क्षेत्रीले भने, ‘हामीले बरामद गरेका सम्पूर्ण सामान राजस्व अनुसन्धान कार्यलय पथलैयामा बुझाउँछौँ, त्यसपछिको बाँकी काम कारबाही, मुद्दा चलाउने÷नचलाउने सबै उहाँहरुको हातमा हुन्छ ।’

राजस्व चुहावट सम्बन्धी ऐनमा राजस्व छली गरेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर बुझाएको हकमा कुल रकमको १० प्रतिशत  सुराकीले र जरिबानाको ५ प्रतिशत प्रहरीले पुरस्कार स्वरुप पाउने व्यवस्था छ ।

राजस्व अनुसन्धान पथलैयाका प्रमुख प्रेम देवकोटाले प्रहरीले नियन्त्रणमा लिएका सामानमध्ये केही सामानको बिल बिजक र कागजपत्र सहित सम्बन्धित सामान धनी उपस्थित भएर सामान फिर्ता लैजाने र केही सामानको हकमा जरिवाना गरेर छाड्ने गरेको बताए ।

‘प्रहरीले अवैध भनेर बुझाएका सबै सामानको मुद्दा चल्दैन, कुनै गाडीको घरमा बिल बिजक छुटेको रहेछ भने कागजपत्र ल्याएर सामान फिर्ता लैजान्छन्, केहीको फर्जी कागजपत्र छ भने हेरेर जरिवाना गर्नुपर्ने हो कि, मुद्दा प्रक्रियामा जाने हो, अनुसन्धान गरेर मात्रै फाइल अगाडि बढ्छ्,’ देवकोटाले भने । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!