(एबिसि संचार ) मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट आउजाउ गरिरहेका थिए । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका थिए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित जनजागरण सामुदायिक वनमा दशदेखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो । सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।