०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

विद्यार्थीले फेरि बन्द गरे तुलसीपुर-घोराही सडक

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष १७, २०८०

(एबिसि संचार )

जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्।

सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो।

भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो। ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए।

लगत्तै उनीहरूले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका थिए। पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो।

मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी सडक अवरूद्ध गरेका हुन्।

विद्यार्थीहरूले सहमतिबारे जानकारी दिनुपर्ने माग राखेका छन्।

प्रहरी स्रोतका अनुसार बस धनीले बीमाबापत पाँच लाख र थप पाँच लाख मृतक परिवारलाई दिने सहमति भएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले विद्यार्थीलाई सम्झाउने प्रयास भइरहेको जानकारी दिए।बालकको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]