(एबिसि संचार ) रौतहटमा १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो। उनको साथबाट नेपाली १ हजार दरको १८ सय ४३ थान अर्थात १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। विशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम, १६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ।