०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

रेल दुर्घटनामा ४ जनाको मृत्यु, २२ घाइते

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २०, २०८०

इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एकापसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिनियर कमिश्नर इब्राहिम टोम्पोले स्थानीय सञ्चारमाध्यम मेट्रोटिभीसँगको प्रत्यक्ष अन्तरवार्तामा रेल चालक, उनका सहायक र एक कर्मचारी सहित चारजनाको मृत्यु भएको बताए ।प्रान्तीय खोज तथा उद्धार कार्यालयका अपरेशन युनिटका प्रमुख सुप्रियोनोका अनुसार जाकार्ता समयानुसार बिहान ६ः०३ बजे सिकालेङ्का रिजेन्सीमा रेल कम्युटर लाइन बाङडुङ राया र तुरङ्गा रेल एकापसमा ठोक्किएका थिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]