३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २१, २०८०

(एबिसि संचार )                                                              सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ।दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ। कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ ।सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित व्यक्तिको गुनासो सुनुवाइका लागि पाँच सरकारी निकायलाई तोकिएको छ । सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीलाई गुनासो व्यवस्थापन गर्ने निकाय तोक्ने प्रस्ताव गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!