३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २२, २०८०

(एबिसि संचार )                                                                बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएकी हुन् ।नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताइन् । “नेपालगञ्जमा यातायात कार्यालय भए पनि कोहलपुरमा चालक अनुमतिपत्रको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भइसकेको छ”, उनले भनिन, “कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ एउटा शाखा स्थापना हुन्छ, त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।”कोहलपुर नगरपालिकाले निर्माण गरेको दृश्यावलोकन स्तम्भ र नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापनका विषयमा सर्वपक्षीयरुपमा गरिएको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री केसीले भौतिक संरचना निर्माण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनुपर्ने उल्लेख गर्दै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिइन् ।उनले भनिन्, “संरचना बन्नु आफैँमा नराम्रो होइन, तर कालान्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाको निर्माण गरिनुपर्छ ।”  कोहलपुरमा अत्याधुनिक बसपार्क र दृश्यावलोकन स्तम्भको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पूर्ण रहने उनले बताइन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!