(एबिसि संचार )
जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
सत्ता गठबन्धनबिच राष्ट्रियसभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटका पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।