०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि कुटपीट

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष २४, २०८०

(एबिसि संचार )                                                                सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाइ  गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।रुखको हाँगा काट्ने विषयमा दाजु भाई विच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट घाईते हेम प्रसादलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!