३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

मैदानमै ब्याट्सम्यानको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                भारतको नोएडामा जारी कर्पोरेट लिग क्रिकेट खेलकै क्रममा एक ब्याट्सम्यानको मृत्यु भएको छ । माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको बेला हृदयघात भएका ३४ वर्षीय विकास नेगीलाई अन्य ब्याट्सम्यान र फिल्डिङ टिममा खेलाडीले सीपीआर दिनेक्रम्मा घटनास्थलमै मृत्यु भएको हो ।उमेश कुमार र विकास पिचमा थिए । १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन–स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

error: Content is protected !!