३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

पूर्वडिआइजी शाहसहित दुई जनालाई तीन वर्ष कैद सजाय

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )

विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय निर्धारण गरेको छ।

बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो।

उनीहरू दुबै जनालाई पुस ११ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो।

यस्तै उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल समेत गर्न अदालतले आदेश दिएको छ। २०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाको संलग्नता देखिएको भन्दै मुद्दा दायर गरेको थियो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्वसई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो।
ऐरी र विशुंखेले सफाइ पाएका छन्। (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

error: Content is protected !!